Tuesday, 21 May 2019

ष्यॉदर पिदार २०१९ सम्पन्न

किराँत सुनुवार सेवा समाज बेलायतले बार्षिक रुपमा मनाउदै आएको सुनुवारहरुको महान पर्व ष्याँदर पिदार  यसपालि पनि तिथि मिति अनुकुल पारेर गत शनिबार, १८ मे २०१९ फानब्रो स्थित साम्यूल कोडी कमुनिटी हलमा सदा झैँ हर्षोउल्लाषका साथ सुसम्पन्न गरेको छ।

हामी सुनुवारहरूको यस महान पर्वले बेलायतमा बिभिन्न ठाऊँमा छरिएर बसिए तापनि यस दिनलाई महत्व दिई भेला भएर हर्षोउल्लाषका साथ मनाउने परम्परा यस संस्थाको स्थापनाकाल २००७ साल देखि शुरू गरिएको हो।

परम्परा देखि नै प्रकृति र पितृहरूको सम्मानार्थ पूजा गरिदै  आएको यस ष्यॉदर पिदारमा हाम्रा ज्येष्ठ नागरिकहरू तथा जान्ने बुझ्ने व्यक्तित्व, सल्लाहकारहरूको संयुक्त परामर्श अनुसार पूजा थान निर्माण गरि ढोल झ्याम्टाको ताल र सुनुवारी मौलिक भेषभुषामा सुसज्जित दाजु भाई दिदी बहिनीहरूबाट सामुहिक रूपमा जोश, जाँगर र उल्लासका साथ नाच गान गर्दै थान आगमन र परिक्रमा गर्दा र पुजारीहरुले सुरो-साहा जगाउन पूजान्त्र फलाग्दाको दृश्य पक्कै रोचक र रमणीय देखिएको थियो।

यस समाजका नव नियुक्त अध्यक्ष श्री जितेन्द्र सुनुवारले सम्पूर्ण वेलायतबासी सुनुवारलाई ष्यॉदर पिदार बि.स. २०७६ सालको शुभकामना र उत्तरोतर प्रगतिको कामना गर्दै उपस्थित सम्पूर्णमा हार्दिक स्वागत गर्नु भयो। साथै यस महान पर्वको महत्वको बारेमा संक्षिप्त जानकारी गराउँदै यस चॉडले हाम्रो सुनुवारहरूमा मनोवल, एकता र आपसी सद्भाव समेतमा प्रगति र सम्बृद्धी हुने कुराहरुको उल्लेख गर्नु भएको थियो। यसले हाम्रा नयॉ सन्ततिहरूलाई पनि वेलायतमा रहेर अलिकति भएपनि हाम्रो सुनुवार संस्कारको वारेमा सानो पाठ सिकाउन सकिने कुरा पनि उल्लेख गर्नु भएको थियो। यसै क्रममा सम्पूर्ण कोईंचहरूले आफ्नो मौलिक धर्म, संस्कृति, भाषा, परम्परा आदिको संरक्षण तथा सम्बर्धन हामी आफैले गर्नु पर्ने कुरालाई पूर्ण जोड दिदै यसको अत्यावश्यक रहेको पनि औलाउनु भयो।

सुनुवार सेवा समाज वेलायतको निमन्त्रणामा प्रमुख अथिति वेलायतका लागि नेपाल राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीका साथै अन्य जातिय संघ संस्थाका अथितिहरूको पनि उपस्थिती थियो। प्रमुख अथिति महामहिम डा दुर्गा बहादुर सुवेदीले सुनुवारहरूको यस ष्याँदार पिदार पर्वले सुनुवारहरूको आफ्नै परम्परागत संस्कृति जगेर्ना गर्न र नयाँ सन्ततीहरूले समेत यसको महत्व बुझ्ने र सिकेर हाम्रो नेपाली पन रहि नै रहने जानकारी गराउँदै हार्दिक शुभकामना सन्देश प्रकट गर्नु भएको थियो।

कार्यक्रमको अन्त्यतिर ढोल झ्याम्टाको विभिन्न तालमा थान परिक्रमा गर्दै  पूजारीहरूले पुन: थानमा  प्रकृति र पितृहरूको सम्मानार्थ पूजा गरी सुरो-साहा-आशीर्वाद बढेका थिए।

यस चाँडलाई सफलता पूर्वक संचालन गर्ने कार्यकारी सदस्यहरू र अन्य भोलेन्टरहरूलाई समाजको तर्फबाट हार्दिक धन्यवाद दिदै यस समाजका उपाध्यक्ष श्री मनोजकुमार सुनुवारले आजको दिन एकदमै महत्वपूर्ण रहेको, सबैले समयानुकुल भरपुर मनोरन्जन लिनु भएको कुरा व्यक्त गर्दै फेरी अर्को वर्षको ष्याँदर पिदारमा भेट्ने बाचा गर्दै यस सालको लागि कार्यक्रम अन्त भएको जानकारी गराउनु भएको थियो।

वास्तबमा हामी सुनुवारहरुको आफ्नो मौलिक परम्परागत जातिय पर्वलाई यदि  बेवास्ता गरी अरूको बहकाऊँमा लागिऊ र आफ्नो पुर्खाले हजारौ वर्षको लगानीमा सिर्जेको सम्पत्तिलाई नसमाल्ने हो भने भोली हामीले चाहेरपनि नत आर्थिक सम्पन्नताको आडमा किन्न सक्छौं नत कुनै वैज्ञानिक उपकरणबाट पुन अविस्कार गर्न नै सक्छौ। तसर्थ हाम्रो पुर्खाले छाडेर गएको एक थुंगा फूलको महत्व बुझी आत्मसम्मान गर्नु पर्दछ। यो हामी सबैको दायित्व र साझा कर्तव्य हो।

समय सापेक्ष पारेर मनाइने यस पर्वले वर्ष भरि टाढा रहेर बसे तापनि यस दिनको भेटघाटले एक आपसमा पुनरमिलन र सुमधुर सम्बन्धको वातावरण निर्माण हुनेमा कुनै दुईमत नहोला भन्दै आगामी सालहरूमा पनि यसरी नै भेट्ने आशा गरिएको छ।

Tuesday, 16 April 2019

छैटौ कार्यसमितिको पूर्णता।

मिती १४ अप्रिल २०१९ मा कार्यसमितिहरुको कार्यभार  हस्तान्तरण कार्यक्रममा रिक्त र आबश्यकता रहेका  निम्ना पदहरु र कार्यभारका लागि निम्ना व्यक्तित्वहरुलाई चयन गरिएको सहर्ष जानकारी गरिएको छ ।

कार्यकारिणी कार्यसमितिहरु;
  1. अध्यक्ष श्री जितेन्द्र सुनुवार 
  2. उपाध्यक्ष श्री मनोज कुमार सुनुवार 
  3. उपाध्यक्ष श्री चित्र बहादुर सुनुवार 
  4. उपाध्यक्ष श्री कमलराज सुनुवार 
  5. सचिव श्री तेज सुनुवार 
  6. सहसचिव सुश्री सारदा सुनुवार 
  7. कोषाध्यक्ष श्री गीतराज सुनुवार 
  8. सहकोषाध्यक्ष श्री पदम सुनुवार 
  9. सदस्य श्री नानीकाजी सुनुवार 
  10. सदस्य श्री नानी बहादुर सुनुवार 
  11. सदस्य श्रीमती प्रतिमा सुनुवार 
  12. सदस्य श्री बेद सुनुवार 
  13. सदस्य श्री दिल बहादुर सुनुवार 
  14. सदस्य श्री इन्द्र बहादुर सुनुवार 
  15. सदस्य श्री महेश सुनुवार 
  16. सदस्य श्री बुद्धिकुमार सुनुवार 
  17. सदस्य श्रीमती बिष्णु सुनुवार 
  18. सदस्य श्रीमती बिनिता सुनुवार 
  19. सदस्य श्री सुरेन्द्र सुनुवार 
  20. सदस्य श्रीमती मन्जु सुनुवार 
  21. सदस्य श्रीमती बालकुमारी सुनुवार
क्षेत्रिय प्रतिनिधिहरु;
  1. श्री कृष्णराज सुनुवार - Colchester 
  2. श्री चन्द्र सुनुवार - Oxford 
  3. श्री यमदास मुलिचा - Maidstone 
  4. श्री टाँक सुनुवार - Folkstone 
  5. श्री राजकुमार कोर्मोचा - Greys 
  6. श्री जितचन्द्र सुनुवार - Doncaster 
  7. श्री डमर सुनुवार - Wales 
  8. श्री मेख सुनुवार - Cardiff 
  9. श्री जनक सुनुवार - Aldershot 
  10. श्री लोक सुनुवार - Army (All)
सल्लाहकार परिषद
  1. श्री बिर बहादुर सुनुवार - वरिष्ठ सल्लाहकार
  2. श्री बिजय मुखिया - संस्थापक अध्यक्ष 
  3. श्री रामकृष्ण सुनुवार "अंकला "
  4. श्री मोतिराज सुनुवार 
  5. श्री यादव तुर्सुचा 
  6. श्री मुकुन्द सुनुवार 
  7. श्री गोपाल सुनुवार 
  8. श्री मोहन सुनुवार 
  9. श्री हरिष चन्द्र सुनुवार 
  10. श्री डिल्लीराज सुनुवार 
  11. श्री बद्रि सुनुवार 
  12. श्री भक्तमान सुनुवार 
  13. श्री ललित सुनुवार 
साथै मिति १४ अप्रिल २०१९ का दिन देखि निम्न पदाधिकारीहरुलाई देहाय बमोजिमको कार्यक्षेत्र र जिम्मेवारी बहन गर्न निर्देशन गरिएको छ ।

संस्थाको अध्यक्षता
श्री जितेन्द्र सुनुवार - अध्यक्ष

सूचना तथा संचार
श्री तेज सुनुवार - सचिब (संयोजक)
सुश्री सारदा सुनुवार - सहसचिव

आर्थिक बिवरण 
श्री गीतराज सुनुवार - कोषाध्यक्ष (संयोजक)
श्री पदम सुनुवार - सहकोषाध्यक्ष

सम्पत्ति बिवरण 
श्री पदम सुनुवार - सहकोषाध्यक्ष (संयोजक)
श्री नानी बहादुर सुनुवार - कार्यसमिति सदस्य

सदस्यता 
श्री गीतराज सुनुवार - कोषाध्यक्ष (संयोजक)
श्री इन्द्र बहादुर सुनुवार - कार्यसमिति सदस्य

कार्यक्रम 

श्री मनोज कुमार सुनुवार - उपाध्यक्ष (संयोजक)
श्री नानीकाजी सुनुवार - कार्यसमिति सदस्य
श्री सुरेन्द्र सुनुवार - कार्यसमिति सदस्य
श्री महेश सुनुवार - कार्यसमिति सदस्य

साँस्कृतिक 

श्री चित्र बहादुर सुनुवार - कोषाध्यक्ष (संयोजक)
श्री दिल बहादुर सुनुवार - कार्यसमिति सदस्य
श्री बेद सुनुवार - कार्यसमिति सदस्य
श्री बुद्धिकुमार सुनुवार - कार्यसमिति सदस्य

युवा 
श्रीमती बिनिता सुनुवार - कार्यसमिति सदस्य (संयोजक)
सुश्री सारदा सुनुवार - सहसचिव
श्री बिष्णु सुनुवार - सदस्य
श्री उदित मुखिया - सदस्य

महिला 

श्रीमती मन्जु सुनुवार - कार्यसमिति सदस्य (संयोजक)
श्रीमती बालकुमारी सुनुवार - कार्यसमिति सदस्य
श्रीमती प्रतिमा सुनुवार - कार्यसमिति सदस्य
श्रीमती बिष्णु सुनुवार  - कार्यसमिति सदस्य

जनसम्पर्क 
श्री कमलराज सुनुवार - कोषाध्यक्ष (संयोजक)
श्री यादव तुर्सुचा - सल्लाहकार
सुश्री पुष्पा सुनुवार - सदस्य

भाषा, साहित्य प्रकासन र संचार

श्री प्रकाश सुनुवार "निराकार" (संयोजक)
श्री होम किराँत सुनुवार