फार्नबोरो । किरात सुनुवार सेवा समाज बेलायतको चौथौं महाधिबेसन मिति १४ डिसेम्बर २०१३ का दिन फार्नबोरो कम्युनिटी हलमा सम्पान्न भयो । उक्त महाधिबेसनमा पुराना कार्य समितिका पदाधिकारीहरुले आफ्नो कार्यकालको प्रगति बिवरण प्रस्तुत गरेका थिए । किरात सुनुवार सेवा समाजको बिधान २००७ मुताबिक कार्यसमितिको दुई बर्षे कार्यकाल पुरा भई नयाँ कार्यसमितिको गठन गर्न श्री केदार सुनुवार ज्युको संयोजकत्वमा तीन सदस्यीय निर्बाचन समिति गठन गरि कार्यसमितिका लागि नामावली संकलन गरि नयाँ कार्यसमितिको चयन प्रकृया सम्पन्न गरिएको थियो । चयन भएका नयाँ कार्य समितिका सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई ज्ञापन गर्नुको साथै सपथ ग्रहण गराइएको थियो ।
नयाँ कार्यसमितिका अध्यक्ष श्री मोतिराज सुनुवार ज्युले संस्थाले निर्दिष्ठ गरेको उद्देश्य प्राप्ती गर्नको लागि अपनाउनु पर्ने सम्पुर्ण सकारात्मक उपायहरुलाई सकृय बनाउने र सम्पुर्ण अग्रजहरुको सहयोग अपरिहार्य छ भन्ने बिचार प्रस्तुत गर्नु भएको थियो । किरात सुनुवार सेवा समाज बेलायतको चौथौं महाधिबेसनले चयन गरेको १५ सदस्यीय कार्य समितिका पदाधिकारीहरु निम्नानुसार छन् ।
अध्यक्ष श्री मोतिराज सुनुवार
उपाध्यक्ष श्री यादब तुर्सुचा
सचिब श्री भक्तमान सुनुवार
उपसचिब श्री मोहन सुनुवार
कोषाध्यक्ष श्री प्रकाश जिजिच
सह कोषाध्यक्ष श्रीमति सपना सुनुवार
सदस्य(हरु)
श्री बज्रकुमार सुनुवार
श्रीमेति श्रीस सुनुवार
श्री मनोज सुनुवार
श्री चन्द्र कुमार सुनुवार
श्री जितेन्द्र सुनुवार
श्री चित्र सुनुवार
श्रीमति भावना सुनुवार
श्री बुद्द्दी सुनुवार
श्री तेज कुमार सुनुवार
अध्यक्ष श्री मोतिराज सुनुवार
उपाध्यक्ष श्री यादब तुर्सुचा
सचिब श्री भक्तमान सुनुवार
उपसचिब श्री मोहन सुनुवार
कोषाध्यक्ष श्री प्रकाश जिजिच
सह कोषाध्यक्ष श्रीमति सपना सुनुवार
सदस्य(हरु)
श्री बज्रकुमार सुनुवार
श्रीमेति श्रीस सुनुवार
श्री मनोज सुनुवार
श्री चन्द्र कुमार सुनुवार
श्री जितेन्द्र सुनुवार
श्री चित्र सुनुवार
श्रीमति भावना सुनुवार
श्री बुद्द्दी सुनुवार
श्री तेज कुमार सुनुवार