Thursday, 9 January 2014

चौथौं कार्यसमितिको पहिलो बैठक सम्पन्न

अध्यक्ष मोतिराज सुनुवार
वेम्ब्ली । किरात सुनुवार सेवा समाज युकेको भर्खरै चयन भएको कार्यसमितिको पहिलो बैठक यहि जनवरी ४ तारिख वेम्ब्लीमा सम्पन्न भएको छ । उक्त बैठकले आधिकारिक रुपमा संस्थासंग सम्बन्धित सम्पुर्ण कागजात तथा हिसाबकिताबहरु बुझबुझारत गर्नुको साथै निबर्तमान कार्यसमितिका पदाधिकारीहरुलाई निबर्तमान अध्यक्ष जंग सुनुवार मार्फत संस्थालाई गतिदिन सफल हुनुभएकोमा बर्तमान अध्यक्ष मोतिराज सुनुवार ज्युले धन्यबाद ज्ञापन पत्र प्रदान गर्नु भएको थियो । र, अध्यक्ष मोतिराज सुनुवार लगायत कार्यसमितिमा चयन भएका सम्पुर्ण पदाधिकारीहरुलाई सफलताको कामना स्वरुप सल्लाहकार बीर बहादुर सुनुवार ज्युले बधाई ज्ञापन पत्र प्रदान गर्नु भएको थियो । साथै साहित्यकार श्री केदार सङ्केत ज्युद्वारा लिखित नियात्रा  'एथेन्सको झरी' मध्यपश्चिमाञ्चल बिश्व बिध्यालय मातहतको शिक्षा संकायको स्नातक तह (बिएड)मा डायस्पोरिक पाठ्यक्रममा समाबेस हुन सकेकोमा वहाँलाई समेत हार्दिक बधाईका साथ बधाई ज्ञापन पत्र प्रदान गरियो । 

संस्थाको कामको दायरालाई अझ फराकिलो बनाउँदै काम गर्न सहज होस भन्ने हिसाबले एरिया प्रतिनिधि, खेलकुद, ष्याँदर पिदार उपसमिति, प्रोपर्टी उपसमिति, महिला उपसमिति, मिडिया, लागयतका उपसमितिहरु कार्यसमितिका मेम्बरहरुको संयोजकत्वमा  खडा गरि काम गर्ने निर्णय गर्नुको साथै निम्न ब्यक्तिहरु समाबेस रहेको एउटा सल्लाहकार समितिको समेत गठन गरेको छ । साथै संस्थाको कामलाई सहज तुल्याउनको निमित्त थप उपसमितिहरु समेत आवश्यकता अनुसार थपिने निर्णय गरिएको छ । 

निबर्तमान सचिब छत्र सुनुवार र बर्तमान अध्यक्ष मोतिराज सुनुवार
सुनुवार जातिको महान चाड 'ष्याँदर पिदार' आइतबार १८ मे २०१४ का दिन ओकफार्म कम्युनिटी हलमा अयोजना गर्ने निर्णय भएको ब्यहोरा समेत सहर्ष जानकारी गरिएको छ । 

सल्लाहकार समिति सदस्यहरुको नामावली निम्नानुसार छन् । 
श्री बीर बहादुर सुनुवार
श्री खबिन्द्र सुनुवार
श्री बिजय मुखिया
श्री किसोर सुनुवार
श्री गोपाल सुनुवार
श्री सोम सुनुवार
श्री ललित सुनुवार
श्री जंग सुनुवार
श्री छत्र सुनुवार