Saturday, 22 February 2014

कार्यसमितिको दोश्रो बैठक सम्पन्न

आज बसेको कार्यसमितिको दोश्रो बैठकले संस्थालाई सहज रुपमा अगाडी बढाउनको निमित्त मस्यौदा उपसमिति सित समन्वय तथा परामर्श लिई यस संस्थाको बिधान किरात सुनुवार सेवा समाज बेलायतको बिधान २००७ मा आवश्यक परिमार्जन गरि परिमार्जित बिधानलाई अनुमोदनको लागि आगामी महाधिबेशनमा प्रस्तुत गरिने निर्णय गरिएको छ । सदस्यता दर्ता तथा शुल्क सम्बन्धी गरिएको परिबर्तनमा बिगतमा राखिएको पारिवारिक एकमुस्ठ शुल्क बार्षिक पाउण्ड साठीलाई बदर गरिएको र त्यस्को बदलामा ब्यक्तिगत सदस्यता बापत प्रति ब्यक्ति शुल्क मासिक पाउण्ड एक मात्र अथवा बार्षिक पाउण्ड बाह्र मात्र तिरेर ब्यक्तिगत सदस्यता ग्रहण गर्न सकिने ब्यवस्था गरिएको छ । अबोप्रान्त पारिवारिक शुल्कलाई बदर गरिएकोले प्रत्येक सदस्यहरुले ब्यक्तिगत (इण्डिभिज्युयल) शुल्क बापतको रकम मात्र तिर्न पर्ने ब्यवस्था गरिएको छ । सदस्यता ग्रहण गर्ने सम्बन्धमा १८ बर्ष पुरा पुगेको हुनुपर्ने छ भने ६५ बर्ष माथिको उमेरको हदमा शुल्क तिरिरहनु नपर्ने ब्यवस्था गरिएको छ । सदस्यता नबिकरण गर्नको निमित्त प्रत्येक बर्षको प्रारम्भमा नबिकरण गर्नु पर्ने ब्यवस्था गरिएको छ भने सोहि अनुरुप प्रत्येक सदस्यहरुलाई सदस्यता परिचय पत्र उपलब्ध गराइने निर्णय समेत गरिएको छ । सदस्यता दर्ता तथा शुल्क उपसमितिले माथि गरिएका निर्णय मुताबिक सम्पुर्ण सुनुवार सदस्यहरुमा आवश्यक जानकारी सहितको परिपत्र तयार गरि पत्राचार गर्नुको साथै सदस्यता फारमको ढांचा समेत उपलब्ध गर्ने छ ।

यसको अलावा संस्थालाई यस्को बिधानको मर्म मुताबिक पुर्ण रुपमा स्वतन्त्र भई कल्याणकारी काम गर्न सहज होस भन्नका निमित्त संस्थालाई च्यारिटी रजिस्ट्रेसन गर्न आवश्यक परामर्शको लागि बाटो खुल्ला गरिएको र सोको लागि रजिस्ट्रेसन उपसमिति खडा गरि तदारुकतासाथ आवश्यक कामकारबाही समेत यथाशिघ्र थलिने निर्णय गरिएको छ ।

यसको अलावा संस्थाको कोषलाई बढाउनको निमित्त थप रचनात्मक कामहरु सृजना गर्दै जानुको साथै सम्पुर्ण सदस्यहरुमा त्यस्को निमित्त थप सुझाब तथा सल्लाहको अपेक्षा समेत गरिएको छ । संस्थाको कोषलाई बढाउनको निमित्त त्यस्तो नौलो उपायहरु यहांहरु समक्ष भएको खण्डमा सम्बन्धितहरुलाई सोझै फोन मार्फत वा इमेल मार्फत पठाउन सक्नु हुनेछ । उक्त सुझावहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न कार्यसमिति सदैब तत्पर रहनेछ  । 

अन्त्यमा, हालसालै पत्नीशोकमा पर्नु भएका यस संस्थाका साधारण सदस्य बिनय सुनुवार ज्युलाई समस्त बेलायतबासी सुनुवार सदस्यहरुको तर्फबाट मृत्तात्माको शान्तिको खातिर श्रदान्जली स्वरुप सहयोग संकलन गरिएको सहयोग कोष आधिकारिक रुपमा हस्तान्तरण गरिएको ब्यहोरा समेत सम्पुर्ण सुनुवारबन्धुहरुमा जानकारी गरिएको छ । साथै अपुरणिय दुखद घडीमा भावनात्मक तथा आर्थिक सहयोग प्रदान गर्नु हुने सम्पुर्ण सदस्यहरु प्रति बिनय जि'ले आभार ब्यक्त गर्नुभयो ।