किरात सुुनुवार सेवा समाज युकेको सदस्यता वितरण प्रभावकारी ढंगले अगाडी बढाउन निकट भविष्यमा सदस्यता कार्डको व्यवस्था गरि युके भित्र वसोवास गरिरहेका सम्पुर्ण कोंइचहरुमा यथासक्य वितरण गर्ने व्यहोरा जानकारी गर्दछौं ।
यस संस्थाको कार्यसमितिको दोश्रो बैठकले गत मिति २२ फरवरी २०१४ देखि लागु हुने गरि सदस्यता वितरण सम्वन्धी गरिएको नयाँ व्यवस्था अनुसार १८ वर्ष उमेर पुगेका देखि माथि ६५ वर्ष उमेर पुगेका सम्मका प्रत्येक व्यक्तिले मासिक एक पाउण्ड वा वार्षिक बाह्र पाउण्ड शुल्क तिरेर सदस्यता लिन सकिने व्यवस्था गरिएको व्यहोरा अवगत गराउँदछौं । पुरानो पारिवारिक शुल्क तिर्ने व्यवस्था हटाइएको छ ।
साथै सम्पुर्ण सदस्यहरुको अभिलेख यथासम्भव दुरुस्त राख्नको निमित्त सदस्यता फारम तयार गरि सम्बन्धित सबैको ठेगानामा पठाइएको छ । आवश्यकतानुसारको विवरण उपलव्ध फारममा भरि उल्लेखित ठेगानामा फिर्ता पठाउन हुन समेत विनम्र अनुरोध गरिएको छ । धन्यबाद ।
चन्द्र कुमार सुनुवार
संयोजक
सदस्यता व्यवस्थापन उपसमिति
संयोजक
सदस्यता व्यवस्थापन उपसमिति
थप जानकारीको लागि इमेल : sunuwarck@gmail.com, kswsuk@gmail.com