Monday, 7 April 2014

श्यादार पिदार ब्यवस्थापन बैठक

अस्ति ५ तारिख अप्रीलका दिन फार्नबोरोमा बसेको श्यादर पिदार ब्यवस्थापन बैठकले सुनुवार जातिको परम्परागत रुपमा मनाइने बार्षिक पर्ब श्यादार पिदारको आयोजना गर्नको निमित्त सम्बन्धित सबैलाई जिम्मेवारीको बांडफांड गरियो । बैठकले पुर्ब निर्धारित मिति अनुरुप फार्नबोरोमा १८ तारिख मे का दिन नै श्यादार पिदार सम्पन्न गर्ने निर्णय गरेको छ । श्यादार पिदार ब्यवस्थापनका बिषयको अलबा अन्य केहि महत्वपुर्ण बिषयहरुमा समेत छलफल भएको थियो ।

पहिलो, लगभग एक बर्ष अघि देखि तदर्थ समिति मार्फत आफ्नो काम कारबाही सम्पादन गरिरहेको किरात सुनुवार महिला समाज बेलायतलाई पुर्णता प्रदान गर्नका लागि आवश्यक बैठक बसी पहिलो कार्यसमितिको चयन गर्नको निमित्त आवश्यक पहल गर्न सम्बन्धित पदाधिकारीहरु बिच समन्वय गरिने निर्णय गर्नुको साथै उक्त संस्थाले किरात सुनुवार सेवा समाज बेलायतको मातहतमा रहेर छाता संस्थाको रुपमा काम गर्ने समेत बताइएको थियो । आगामी केहि समय भित्र नै उक्त महिला समाजले आफ्नो प्रतिबेदन मुल संस्थालाई तयार गरि बुझाउने निर्णय भएको छ ।

दोष्रो, संस्थाको नाममा भवन खरिद गर्ने सन्दर्भमा गत साल नै भवन खरिद उपसमितिको स्थापना गर्न खडा गरिएको उक्त समितिलाई आफ्नो कार्य सम्पादनमा तिब्रता ल्याउन सम्बन्धित सबैमा छलफल गर्नको निमित्त थप जोड दिएको छ । आवश्यक डकुमेण्टेसन तयार गर्नको लागि उक्त उपसमितिलाई बिषेश पहल गरिने निर्णय गरिएको छ ।

तेश्रो, अघिल्लो बैठकमा निर्णय गरिए मुताबिक संस्थालाई च्यारिटीमा दर्ता गराउनको निमित्त आवश्यक कागजातहरुको संकलन तथा कानूनी परामर्शको लागि थप कामहरु अघि बढिरहेको र यस्लाई तदारुकता साथ लागि परेर संस्थाले कार्य सम्पादन गर्नेछ ।

चौथो, किरात सुनुवार सेवा समाज बेलायतको तर्फबाट कुनै पनि तहका उत्कृष्ठ स्टुडेण्टहरुलाई प्राथमिकताका आधारमा छात्रबृत्तिको ब्यवस्था गर्न कोइच एजुकेसन फण्ड (Koich Education Fund) को स्थापना गर्न ल्याइएको प्रस्ताबलाई पुनर्बिचार गर्नको निमित्त सम्बन्धित सबै कोइचहरुको राय बुझ्न र सुझाब संकलन गर्नको निमित्त आवश्यक माध्यमद्वारा फिडब्याक लिने निर्णय गरिएको थियो ।  

अन्त्यमा, संस्थालाई अझै सामाजिक काममा संलग्न गराउनको निमित्त सृजनात्मक बिचार र उपायहरुलाई एकतृत गर्नको निमित्त हामी सुनुवारहरु माझ नै सबैभन्दा पहिला हातेमालोको अत्यावश्यक छ भनेर संस्थाका अध्यक्ष मोतिराज सुनुवारले आफ्नो छोटो मन्तब्य प्रस्तुत गरेर बैठक समापन गरिएको थियो । 

श्यादार पिदार २०१४ को अवसरमा सम्पुर्ण कोइचहरुमा हार्दिक मंगलमय शुभकामना !