Saturday, 30 August 2014

७ औं एनिभरसरी सेलेब्रेसन कार्यक्रम अल्डरसोटमा सम्पन्न

बेलायतमा छरिएर बसोबास गरिरहेका सुनुवार बन्धुहरुको उपस्थितिमा किरात सुनुवार सेवा समाज युकेले संस्था स्थापना भएको सात बर्ष पुरा गरेको अवसरमा अल्डरसटमा 7th Anniversary Celebration Program 2014 सम्पन्न गरेको छ ।

कार्यक्रमको पहिलो चरण अन्तरगत संस्थाका सचिब श्री भक्तमान सुनुवार ज्युले उपस्थित सम्पुर्ण सहभागीहरुमा स्वागत मन्तब्यका साथ कार्यक्रम आरम्भ गर्नु भएको थियो । त्यसपछि चियरम्यान श्री मोतीराज सुनुवार ज्युले आफ्नो छोटो मन्तब्य राख्ने क्रममा कार्यक्रमको महत्वको बारेमा प्रकाश पार्नु हुँदै उपस्थित मध्येका सिनियर सिटिजनको बाहुलीबाट पानस जलाएर कार्यक्रमलाई औपचारिक रुपमा शुरुवात गर्नु भयो । बिगत बर्षहरुमा जसरी नै यस बर्ष पनि युनी ग्राजुएट हुनु भएका सुनुवार बिध्यार्थीहरुलाई संस्थाको तर्फबाट प्रमाणपत्र सहित हार्दिक बधाई ज्ञापन गरिएको थियो । मास्टर डिग्री सक्नु हुनेमा सुश्री जेनी सुनुवार र स्नातक डिग्री समाप्त गर्नु हुनेमा श्रीमति दिप्ती गुरुङ सुनुवार,श्रीमति नम्रता तिवारी सुनुवार, सुश्री निशा सुनुवार, सुश्री ऐश्वोरी सुनुवार, होम बहादुर सुनुवार, कन्चना सुनुवार, होमराज सुनुवार, श्रीमति सुम्निमा राई सुनुवार, प्रयास सुनुवार, दिपेश सुनुवार, सिमा सुनुवार, सरोजमणी सुनुवार, जेनी सुनुवार, बिश्वकिरण सुनुवारज्यु समेत गरि १५ जना बिध्यार्थीहरुलाई किसुसेस युकेका पुर्ब अध्यक्षद्वय श्री बिजय मुखिया र श्री जंग बहादुर सुनुवार ज्युले वहाँहरुको उज्ज्वल भबिष्यको कामनाका साथ हार्दिक बधाई ज्ञापन गर्दै शिक्षामा उल्लेखनिय सफलता हासिल गरेर मात्र ब्यक्ति बिकास हुँदै जाने र फलस्वरुप समाजलाई परिबर्तन सकिन्छ भन्ने आफ्नो संक्षिप्त मन्तब्य प्रस्तुत गर्नु भएको थियो । बिध्यार्थीहरु बाहेक साहित्यिक क्षेत्रमा लामो समय देखि होम्मिनु भएका संघर्षशील साहित्यकार भावना परिस्कृत, बिभिन्न तहमा राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरका बिभिन्न प्रतियोगिताहरुमा सफलता हासिल गर्दै आउनु भएका वेम्ब्ली निवासी युवा टाइकण्डो खेलाडी प्रबिण सुनुवार, युवाहरुको सामाजिक संस्था 'नयाँ युवा' मार्फत नेपाली तथा स्थानिय समुदाय माझ बिभिन्न इन्टीग्रेसन प्रोग्रामहरु संचालन गर्न सफल हुनु भएका उक्त संस्थाका प्रेसिडेण्ट सुश्री पुष्पा सुनुवार, गायन क्षेत्रमा अनवरत रुपमा लागि पर्नु भएका चिरपरिचित गायिका रेश्मा सुनुवार, यस संस्थाको स्थापनाकालमा नेपालबाट बिषेश सहायोग पुर्‍याउनु श्री टिकाराम मुलिचा ज्युहरुमा वहाँहरुको कामको मुल्यांकन गर्दै कदर स्वरुप कदर पत्र प्रदान गरिएको थियो । त्यसैगरि नेकपा एमालेको ९औं महाधिबेशनद्वारा केन्द्रीय सदस्यमा निर्बाचित हुनु भएका ओखलढुंगाका माननिय सभासद श्री यज्ञराज सुनुवार ज्युलाई वहाँको आगामी राजनितिक यात्रा उपलब्धीमुलक र समाजमा परिबर्तन ल्याउन सक्षम रहनको निमित्त हार्दिक बधाई तथा शुभकामना सहितको ज्ञापन पत्र वहाँका पिता श्री मन बहादुर सुनुवार ज्युलाई हस्तान्तरण गरिएको थियो भने यस संस्थालाई अघि बढाउनको निमित्त संस्थालाई अत्यन्तै ब्यस्तताको बाबजुद पनि अनबरत रुपमा अतिरिक्त सहयोग गर्नु हुने श्री छत्र बहादुर सुनुवार ज्यु र महिला तर्फ श्रीमति हेम कुमारी सुनुवार ज्युलाई संस्थाले वहाँहरुको सहयोगको सम्मान गर्दै कदरस्वरुप कदर पत्र प्रदान गर्दै पहिलो चरण अन्तरगतको कार्यक्रम समाप्त भएको थियो ।

दोश्रो चरण अन्तर्गतको कार्यक्रममा गायिका रेश्मा सुनुवार ज्युको लाइभ बड्डे गीतसहित हर्षोल्लासका साथ एनिभर्सरी केक काटिएको थियो ।

त्यसैगरि तेश्रो चरण अन्तरगतको कार्यक्रममा श्रीमति सुभद्रा सुनुवार ज्युको उद्घोषणमा गयिका रेश्मा सुनुवार ज्युले वहाँका आफ्ना नयाँ तथा पुराना गानाहरु उपस्थित सहभागीहरुमा लाइभ प्रस्तुत गर्नु भई कार्यक्रम समापन भयो ।

थप तस्बिरहरु हेर्नको लागि:
https://www.facebook.com/kiratswsuk