यहि डिसेम्बरको दोश्रो हप्ता साउथ हयाम्पटन
प्रहरी क्याडेट तालिम केन्द्रमा ९ हप्ताको लामो प्रहरीको पेशागत तालिम समाप्त
गरि दिक्षान्त हुनु भएका पि.सी.पुष्पा सुनुवार ज्युमा किरात सुनुवार सेवा
समाज बेलायत वहाँको कार्य सफलताको निमित्त हार्दिक शुभकामना
व्यक्त गर्नको साथै आगामी दिनहरुमा आइपर्ने बिभिन्न किसिमका चुनौतीहरुलाई
सामना गर्न पेशागत क्षमताको अभिवृद्धीमा अनवरत रुपमा लागिरहनको निमित्त यस
संस्थाको तर्फवाट सदैब प्रोत्साहन मिलिनैरहने छ भन्ने बिश्वास दिलाउन
चाहन्छ । फेरि पनि वहाँलाई उत्ततोत्तर प्रगतिको शुभकामना ।