Saturday, 27 December 2014

बार्षिक साधरण सभा सम्पन्न

पुर्बनिर्धारित मिती २७ डिसेम्बर २०१४ का दिन यस समाजका कार्यकारी समितिका सम्पुर्ण सदस्यहरु तथा सल्लाहकार सदस्यहरुको उपस्थितिमा वेम्ब्लीमा सम्पन्न भएको किरात सुनुवार सेवा समाज युकेको एजिएमले समाजले कुनैठुलो प्रगति गरेको नभएता पनि हाम्रो समाजभित्रको आन्तरिक आर्थिक कारोबारहरुको बारेमा आवश्यक छलफल भएको थियो । संस्थाको आधिकारिक ब्यक्तिहरुले आफ्नो बार्षिक प्रतिबेदन प्रस्तुत गरिसके पश्चात युके निवासी सम्पुर्ण सुनुवार साथिहरुलाई यस संस्थामा आबद्ध् गराउनका लागि सदस्यता बितरण गरिने कार्यमा सबैले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बिचारहरु आएकोले सोहि बमोजिम गरिने निर्णय भयो । 

बिगतमा गरिएको समाज रजिस्टर गर्ने योजना तथा समाजका लागि प्रोपर्टी खरिद गर्ने बिषयलाई हालको लागि बिचाराधिन राखेर भबिश्यमा आवश्यक छलफल गर्दै जाने र सोको लागि नयाँ युवा पिंडीहरुको समेत संलग्नता रहने गरि आवश्यक सहकार्य गर्ने भएको छ । 

सुनुवार जातिको प्रचलित महान चाड श्यांदर पिदर उभौली र उधौली बैसाख पुर्णिमा र मंसिर पुर्णिमामा दुवै सम्पन्न गरौं भन्ने प्रस्ताब आएकोमा सबैको राय तथा सुझाब अनुसार हाललाई बैसाख पुर्णिमामा मात्र श्यांदर पिदर गरिने सहमति भयो । 

काठमाण्डौं ललितकला क्याम्पसमा स्नातक तहको अध्ययनका लागि प्रबेश परिक्षामा उतिर्ण भएकि धनुषा निवासी सुश्री दुर्गा सुनुवार ज्युको निमित्त सुनुवार बिध्यार्थी समाज काठमाण्डौबाट सहयोगको लागि आवश्यक पहल गरिदिन हुन आव्हान गरिएकोमा यस संस्थाका पुर्ब अध्यक्ष श्री जंगबहादुर सुनुवार ज्युले वहाँको सहयोगार्थ उक्त शैक्षिक कार्यक्रम अवधिभर शैक्षिक शुल्क बापत लाग्ने चार सालको एकलाख बीस हजार ने.रु. तथा काठमाण्डौंमा अध्ययन अवधिभर बस्नको निमित्त घरभाडाको ब्यवस्था गरिदिने वहाँको प्रतिबद्धताको हार्दिक स्वागत गरियो । 

कार्यक्रमको अन्त्यमा आफ्नो बिचार, प्रस्ताब र सहमति प्रस्तुत गर्नुको साथै समाजलाई कसरी अघि बढाउन सकिन्छ भनि महत्वपुर्ण भुमिका खेल्नु भई आफ्नो अमुल्य समय खर्चेर कार्यक्रमलाई सफल बनाउन उपस्थित हुनुभएका सम्पुर्ण सल्लाहकार तथा बाँकी सदस्यहरुलाई यस किरात सुनुवार सेवा समाज युकेका उपाध्यक्षले हार्दिक धन्यबाद ज्ञापन गर्दै एजिएम सभाको बिसर्जन गर्नु भएको थियो ।