Tuesday, 2 June 2015

जंग सुनुवार ज्युलाई बरिष्ठ उपाध्यक्ष

सन २००९ मा स्थापित नेपाल आदिबासी जनजाति महासंघ, बेलायतले गत ३१ मे आइतबारका दिन आसफोर्डमा दोश्रो महाधिबेसन सम्पन्न गरेको छ । उक्त महाधिबेसनले आगामी निश्चित समयावधिको लागि कार्यभार सम्हाल्नको निमित्त नयाँ कार्यसमितिमा यस संस्थाका बर्तमान सल्लाहकार तथा पुर्ब चियरम्यान समेत रहनु भएका जंग सुनुवार ज्युलाई बरिष्ठ उपाध्यक्षमा चयन गरेको छ । नेपाल आदिबासी जनजाती महासंघ बेलायतको बरिष्ठ उपाध्यक्षमा चयन हुनु भएकोमा यस किरात सुनुवार सेवा समाज बेलायत श्री जंग सुनुवार ज्युलाई हार्दिक बधाई तथा आफ्नो कार्यावधीको सफलताको लागि हार्दिक शुभकामना ब्यक्त गर्दछ ।