Thursday, 6 August 2015

भुकम्प पिडितका लागि सहयोग रकम हस्तान्तरण

किरात सुनुवार सेवा समाज युकेले केहि महिना अघिमात्र बिनासकारी भुकम्पको कारण क्षेति ब्यहोरिरहनु भएका भुकम्प पिडितहरुको सहयोगार्थ आर्थिक संकलन गरेको थियो । संकलित उक्त रु १०,००,७४५.०० (दश लाख सात सय पैतालिस रुपैया) बराबरको रकम सुनुवार सेवा समाज केन्द्रिय कार्यालय काठमाण्डौंलाई सुसेस केन्द्रिय अध्यक्ष श्री मानप्रसाद सुनुवार ज्युको रोहबरमा गत जुलाईको अन्तिम साता हस्तान्तरण गरिएको जानकारी सम्बन्धित सबैमा सुचित गरिएको छ । उक्त रकम सुसेस केन्द्रिय कार्यालय काठमाण्डौंको सुपरिबेक्षण तथा अनुगमनमा दोलखा, रामेछाप, ओखलढुंगा लगायतका जिल्लाहरुमा राहत स्वरुप बितरण गरिने छ ।
 
आर्थिक सहयोगकर्ताहरुको नामावली बिबरन हेर्नको लागि यहाँ क्लिक गर्नु होला । साथै किरात सुनुवार सेवा समाज युके सम्पुर्ण सहयोगी मनहरुमा हार्दिक क्रितज्ञता ब्यक्त गर्दै यस सम्बन्धी थप बिबरण तथा आवश्यक जानकारीहरु अध्याबधिक गर्दैजाने ब्यहोरा समेत जानकारी गर्दछ ।