Saturday, 29 August 2015

८औ एनिभर्सरी सेलेब्रेस्सन प्रोग्राम

मिती २७ मे २००७ का दिन फार्नबोरो स्थित ब्रिटिश लियाजेण्ट क्लबमा बेलायतमा बसोबास गरिरहेका सुनुवारहरुको प्रथम बैठकले बिजय मुखियाको अध्यक्षतामा ११ जना सदस्य रहेको कार्यसमितिको गठन गरी उक्त समितिले ६ महिना भित्र अधिबेसन मार्फत नयाँ कार्यसमितिको चयन गर्ने निर्णय गरी सोही बमोजिम २४ जुलाई २००७ का दिन नर्थ क्याम्प स्थित वेबल स्कुलमा प्रथम अधिबेसन सम्पन्न गरी प्रथम कार्य समितिको चयन गरेको थियो । तदानुसार किरात सुनुवार सेवा समाज बेलायतको स्थापना भएको ८औ बर्ष पुरा भएको उपलक्ष्यमा स्याण्डहर्स्ट स्थित कम्युनिट हलमा बिगतमा जसरी नै बेलायतमा बसोबास गरिरहनु भएका सुनुवार बन्धुहरुको उपस्थितिमा शनिबार २९ अगस्ट २०१५ का दिन किरात सुनुवार वेल्फेर सोसाइटीको ८औ एनिभर्सरी सेलेब्रेस्सन प्रोग्राम सम्पन्न भयो । 

कार्यक्रममा उपस्थित हुनु भएका सुसेस नेपालका बर्तमान अध्यक्ष मानप्रसाद सुनुवार ज्युले यस संस्थाको तर्फबाट दैबी प्रकोप तथा भुकम्प पिडितहरुलाई प्राप्त भएको सहयोगलाई सकारात्मक तथा प्रसंसनिय रहेको भन्नु हुँदै लिखु रेडियोको स्थापनार्थ प्राप्त भएको आर्थिक सहयोगको लागि समेत सुसेस नेपालको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन प्रदान गर्नु भएको थियो । आदिबासी जनजातिको सवालमा उठेका बिषयहरुलाई समेत केहि प्रकाश पार्दै प्रोग्राममा सहभागी भै केहि कुरोहरु राख्ने अवसर प्रदान गर्नु भएकोमा आयोजकलाई हार्दिक धन्यबाद प्रदान गर्नु भयो ।

उक्त कार्यक्रममा सुसेस युकेलाई बिशेष सहयोग पुराउनु हुने महानुभावहरु लगायत अतिरिक्त क्रियालापमा बिशेष स्थान तथा सफलता हासिल गर्नु हुने तथा साहित्य तर्फ योगदान पुराउनु हुने व्यक्तित्वहरुलाई ससम्मान कदर पत्र प्रदान गर्नुको साथै २०१५ मा बिभिन्न विश्वबिध्यालयहरुबाट बिभिन्न संकायमा स्नातक तह उतिर्ण हुनुभएका बिद्यार्थीहरुलाई हार्दिक बधाई ज्ञापन गरिएको थियो ।

यहाँ क्लिक गर्नु भई कार्यक्रमका केहि झलकहरु हेर्न सक्नु हुनेछ । हाम्रो फेसबुक ठेगाना https://www.facebook.com/kiratswsuk