Saturday, 19 December 2015

किसुसेस युकेको ५ औं कार्य समितिको चयन

अल्डरसोट । किरात सुनुवार सेवा समाज बेलायतको पाँचौं अधिबेसन मिति १९ डिसेम्बर २०१५ का दिन अल्डरसोटमा सम्पन्न भयो । अधिबेसनमा पुराना कार्य समितिका पदाधिकारीहरुले प्रस्तुत गर्नु भएको आफ्नो कार्यकालको कार्य प्रगति बिवरणको अनुमोदन गरिएको थियो ।  किरात सुनुवार सेवा समाजको बिधान २००७ मुताबिक कार्यसमितिको दुई बर्षे कार्यकाल पुरा भई नयाँ कार्यसमितिको गठन गर्न श्री जंग सुनुवार ज्युको संयोजकत्वमा श्री क्षत्र बहादुर सुनुवार र श्री होम बहादुर सुनुवार ज्यु सहित तीन सदस्यीय निर्बाचन समितिले मतदान प्रक्रीया पुरा गरि श्री यादब तुर्सुचा ज्युलाई ५ औं  कार्यसमितिको चियरम्यान पदमा चयन गरेको छ । 

नयाँ कार्यसमितिका अध्यक्ष श्री यादब तुर्सुचा ज्युले संस्थालाई अझ सुधार गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गर्नु हुंदै कार्य समितिका अन्य पदाधिकारीहरुसंग राम्रो टिमवोर्कको वातावरणमा काम गर्ने बिश्वास दिलाउनु भयो । ५ औं  कार्यसमितिमा चयन हुनुभएका पदाधिकारीहरुको नामावली निम्नानुसार छन् ।
अध्यक्ष श्री यादब तुर्सुचा
उपाध्यक्ष श्री जितेन्द्र सुनुवार
उपाध्यक्ष्य श्री डिल्लीराज सुनुवार
सचिब श्री प्रकाश सुनुवार
कोषाध्यक्ष श्री मनोज सुनुवार
सह कोषाध्यक्ष श्री गीतराज सुनुवार
सदस्यहरु -