Sunday, 3 January 2016

५ औं कार्यसमितिको प्रथम बैठक

गत डिसेम्बरमा सम्पन्न एजिएम मार्फत चयन भएको ५ औं कार्यसमितिको मिति २ जनवरीका दिन फार्नबोरोमा बसेको प्रथम बैठकले कार्यसमितिमा पुर्ति गर्नपर्ने असिस्टेन्ट सेक्रेटरी लगायत बाँकी सदस्यहरुको पदपुर्ती गर्नुका साथै पुराना र नयाँ कार्यसमिति माझ संस्थाका गतिबिधि तथा आर्थिक बिषयहरुमा आवश्यक छलफल गरेर औपचारिक रुपमा हस्तान्तरण गर्ने अनि संस्थाले नियमित रुपमा गर्दै आएको बिभिन्न कार्यक्रम तथा अन्य क्रियाकलापहरुको बारेमा थप छलफल गरेर आवश्यक निर्णय गरेको थियो ।

नवनिर्बाचित अध्य्क्ष यादब तुर्सुचा र निबर्तमान अध्यक्ष मोतिराज सुनुवार
बैठकको प्रारम्भमा नवनिर्बाचित अध्यक्ष यादब तुर्सुचा ज्युले उपस्थित साथिहरुलाई स्वागत गर्नु हुँदै नियमित कार्यहरु सम्पन्न गर्दै जानको लागि कार्यसमितिको पदहरुमा नयाँ थप सदस्यहरुको छनौट गर्नुपर्ने आवश्यकता रहेको र उपसमितिहरु बनाई कार्य बिभाजन गरेर योजनाबद्ध रुपमा कामहरु गर्दै जाने हो भने कार्य सम्पादनमा अझ सहजता आउने धारणा राख्नु हुँदै सहसचिबमा श्रीमति सपना थापा सुनुवार ज्यु लगायत सदस्य पदहरुमा क्रमश: श्री तेज कुमार सुनुवार, श्री चित्र सुनुवार, श्री सुलभ सुनुवार, श्री नानी बहादुर सुनुवार, श्री ललित सुनुवार, श्री पदम सुनुवार, श्रीमति सबी सुनुवार, श्रीमति बुद्धिसरा सुनुवार, श्रीमति बिनिता सुनुवार र श्री छबी सुनुवारलाई मनोनित गर्नु भएकोमा उपस्थित ब्यक्तिहरुले समर्थन जनाउनु भएको थियो । तदपश्चात निर्बाचन कमिटिको तर्फबाट सम्पुर्ण नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई पदभार ग्रहण गरिएकोमा प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियो । सोहि अनुरुप संस्थाको सल्लाहकार समितिमा पनि श्री बीर बहादुर सुनुवार, श्री बिजय मुखिया, श्री राम क्रिष्ण सुनुवार, श्री जंग सुनुवार, श्री मोतीराज सुनुवार, श्री किसोर सुनुवार, श्री गोपाल सुनुवार, श्री छत्र बहादुर सुनुवार र श्री मुकुन्द सुनुवारलाई सर्बसम्मतबाट मनोनित गरिएको थियो । त्यस्तैगरि एरिया प्रतिनिधीको रुपमा श्री याम सुनुवार , श्री टेक बहादुर सुनुवार, श्री  लोक सुनुवार, श्री टंक सुनुवार, श्री राजकुमार कोर्मोचा, श्री क्रिष्ण सुनुवार, श्री गोपाल जेंतिचा, श्री  बिनय सुनुवार, श्री डम्बर सुनुवार, श्री  नबिन सुनुवार, श्री सुलभ सुनुवार, श्री छत्र सुनुवार, श्री  मोहन तोंकुचालाई बैठकले मनोनित गरेको थियो । पुराना समिति र नयाँ समितिको बिचमा औपचारिक हस्तान्तरण कार्यक्रम सकिए लगत्तै निबर्तमान अध्यक्ष श्री मोतिराज सुनुवार ज्युले संस्थालाई गतिशील बनाएर संस्थाको उद्देश्य प्राप्ति गर्नको निमित्त निर्बाह गर्नुपर्ने आवश्यक भुमिकाहरुको बारेमा आफ्नो छोटो मन्तब्य प्रस्तुत गरिसकेपछि अध्यक्ष श्री यादब तुर्सुचा ज्युले वहाँलाई मायाको चिनो प्रदान गर्नु हुँदै संस्थालाई अगाडी बढाउन पुराउनु भएको योगदानको सम्मान गर्दै धन्यबाद ज्ञापन गर्नु भएको थियो  । 


संस्थाले नियमित रुपमा संचालन तथा आयोजना गर्ने श्याँदार पिदार, एनिभर्सरी सेलेब्रेसन प्रोग्राम, एजिएमका मितिहरु तय गर्नुको साथै सदस्यता शुल्कको बारेमा २०१४ सम्म ब्याकडेटेट पेमेण्ट संकलन गर्ने निर्णय यस मिटिङले पारित गरेको गरेको छ । संस्थाले हालसम्म खरिद गरेका बिभिन्न जिन्सी सामानहरुको अभिलेख राख्नको निमित्त प्रोपर्टी कमिटिका संयोजकलाई अभिभारा सुम्पनुको साथै संस्थालाई आवश्यक पर्ने पन्ध्रसय पाउण्ड सम्मको खर्चमा थप समान (ल्यापटप, प्रिण्टर, प्रोजेक्टर) हरुको खरिदको निमित्त बैठकमा उपस्थित महानुभाबहरुबाट कण्ट्रिब्युसन स्वरुप तत्कालै £७८७.५० संकलन भएको र थप नपुग रकम भोलण्टिरिली कण्ट्रिब्युसन गर्न सबै अन्य सदस्यहरुमा समेत इमेल मार्फत अनुरोध गर्ने निर्णय गरिएको छ । 

भुकम्प पिडितको निमित्त नेपाल पठाइएको सहयोगको बारेमा औपचारिक रुपमा पत्राचार गरि आगामी महिना सम्ममा सोको पुर्ण बिवरण सम्पुर्णमा जानकारी गराउने, काठमाण्डौ अवस्थित सुसेस भवन मर्मत तथा थप जग्गा खरिद लगायत अन्य शक्षिक सहयोगको सम्बन्धमा अघिल्लो समितिले गरेको निर्णयलाई नै निरन्तरता दिने निर्णय भएको छ । 

अन्त्यमा, युवा जेनेरेसलाई समेत संस्थामा अधिकतम समाबेस गराउनका लागि युवाहरुलाई नै संस्थाको बिभिन्न कार्यक्रम तथा क्रियाकलापहरुमा महत्वपुर्ण रोलप्ले गर्ने अवसर प्रदान गर्ने निर्णय सहित एक युवा समिति समेत रहने गरि निम्नानुसारको सबकमिटिहरुका संयोजक तथा सदस्यहरुले तोकिएको कार्यभार सम्हाल्ने निर्णय पश्चात उपाध्यक्ष जितेन्द्र सुनुवार ज्युले समापन मन्तब्य ब्यक्त गर्नु भई बैठकको औपचारिक बिसर्जन गर्नु भएको थियो । 

सबकमिटि र संयोजकहरु निम्नानुसार छन् ।
(१) युवा कमिटि श्रीमति बिनिता सुनुवार
(२) प्रोपर्टी कमिटि श्री तेजकुमार सुनुवार
(३) कल्चर कमिटि श्री डिल्लीराज सुनुवार
(४) इभेण्ट म्यानेज्मेण्ट
कमिटि श्री जितेन्द्र सुनुवार
(५) महिला समिति श्रीमति सबि सुनुवार
(६) सदस्यता तथा शुल्क संकलन समिति श्री गीतराज सुनुवार
(७) फाइनन्स कमिटि श्री मनोज सुनुवार
(८) साहित्य तथा पब्लिकेसन श्री केदार सुनुवार संकेत