सुसेस केन्द्रिय कार्यालय काठमाण्डौवाट संगीतकार तथा गायककार शिव मुखियाको Oscar
International College मा Bachelor
in Film Studies तह अन्तरगत Direction संकायमा 3 Years course अध्ययनको निमित्त आवश्यक पर्ने शैक्षिक शुल्क वापतको आर्थिक सहयोग जुटाउन आग्रह गरिएको पत्र यस संस्थामा प्राप्त हुन आएकोले यस संस्थाको एजिएम मार्फत वेलायत निवासी सम्पुर्ण कोइच वन्धुहरु माझबाट सहयोग संकलन गर्ने निर्णय गरिएको र सोहि वमोजिम संकलन हुन आएको रकम प्रारम्भिक भर्ना शुल्क तथा प्रथम वर्षको शैक्षिक शुल्कको निमित्त रु ८८,१०२।५२ (अठासी हज्जार एक सय दुई रुपैया वाउन्न पैसा) संस्थाको तर्फवाट सहयोग स्वरुप वहाँलाई गत महिना मार्चमा हस्तान्तरण गरिएको छ ।
साथै उक्त शैक्षिक प्रोग्राम मार्फत आर्जन गर्नु हुने ज्ञान तथा शीप आदिवासी जनजाती कोंइचको समेत प्रतिनिधिमुलक बनिने आशा तथा विश्वासका साथ किरात सुनुवार सेवा समाज युके वहाँको आगामी शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गरिएको छ ।