Tuesday, 5 April 2016

श्याँदार पिदार २०१६

अल्डरसोट । किरात सुनुवार सेवा समाज युकेले आगामी मे महिनामा आयोजना गर्न गइरहेको आदिबासी जनजाति किरात सुनुवार कोइंच जातिको परम्परागत चाड श्याँदार पिदार २०१६ को तयारी तथा ब्यवस्थापन गर्नको निमित्त २ तारिख अप्रीलमा बसेको कोअर्डिनेसन मिटिङले कार्यक्रमलाई सफल बनाउनको निमित्त आवश्यक पहल गर्न पर्ने बिभिन्न पक्षहरुको बारेमा आवश्यक छलफल गर्नका साथै बेलायतमा बसोबास गर्नु हुने समस्त सुनुवार परिवारहरु समक्ष उक्त श्याँदार पिदार २०१६ मा उपस्थित भई भब्य अनि सभ्य तवरले सफल बनाउन कार्यसमितिको तर्फबाट अध्यक्ष श्री यादब तुर्सुच ज्युले हार्दिक बिनम्र अनुरोध तथा शुभकामना ब्यक्त गर्नु भएको छ । 

साथै उपाध्यक्ष तथा इभेण्ट ब्यवस्थापन संयोजक श्री जितेन्द्र सुनुवार ज्युले उक्त कार्यक्रमलाई ब्यवस्थित अनि सहज बनाउनका निमित्त आवश्यक पर्ने कार्यसुचि तालिका तयार गरि सम्बन्धित सम्पुर्णमा यथाशिघ्र बितरण गरिने जानकारी गराउंदै निम्न मिति, समय र स्थानमा श्याँदार पिदार २०१६ आयोजना गरिने ब्यहोरा समस्त कोइंचहरुमा जानकारी गराउंदै भब्य रुपले मनाउनका लागि हार्दिक स्वागत गर्नु भएको छ ।  


श्याँदार पिदार २०१६
Date : 28 May 2016 Saturday
Time: 1000 hrs onwards
Venue: Samuel Cody Specialist College
Ballantyne Road
Farnborough
GU14 8SS