
कार्यक्रममा नौमती बाजा लगायत नेपाली नाच प्रदर्शन गरिनुको साथै विभिन्न धर्म, जाती एवं संस्कार सम्बध्द संस्कृति झल्कने पहिरन सहित बिसीसी यू के, शिब कल्चर एण्ड कम्युनिटी सेन्टर, साइ सेन्टर फान्ब्रो, क्षेत्री समाज यूके, तमुधी यूके, मगर संघ यूके, किरात राई यायोखा यूके, थकाली समाज यू के, किरात याक्थुङ्ग चुमलुङ्ग, गेसो, मदत समूह, नया युवा, तमुधी आमा समूह लगायतका संस्थाहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा किरात सुनुवार सेवा समाज यूके तर्फबाट पनि आफ्नो जातिय पहिरनमा स्थानिय कोइंच साथिहरु सहभागी हुनुभएको थियो ।