Sunday, 24 July 2016

नेका जिल्ला सभापति श्री प्रदिप सुनुवारसंग भेटघाट कार्यक्रम

किरात सुनुवार सेवा समाज बेलायतले नेपालबाट छोटो भ्रमणमा बेलायत आउनु भएका ओखलढुंगा नेपाली कांग्रेस जिल्ला सभापति श्री प्रदिप सुनुवार ज्युको निमित्त अल्डरसोटमा आयोजना गरिएको स्वागत तथा भेटघाट कार्यक्रममा किसुसेस युकेका कार्यसमिति पदाधिकारी लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यकममा स्वागत मन्तब्य प्रकट गर्नु हुंदै अध्यक्ष श्री यादब तुर्सुचा ज्युले वहाँको राजनिति प्रतिको लगाब एवं योगदान प्रसंस्नीय रहेको बताउनु हुंदै आगामी दिनहरुमा समेत राजनितिक सफलता प्राप्त गरि मुलुक र जनताको निमित्त अनबरत रुपमा लागिरहनको निमित्त हार्दिक शुभकामना ब्यक्त गर्नु भएको थियो ।