Wednesday, 10 August 2016

माउन्ट एलब्रसको चुचुरोबाट सानोबाबुको उडान

सर्वोच्च शिखर सगरमाथादेखि समुद्री सतह (समिट टु सी) सम्म प्याराग्लाइडिङमा उडेर कीर्तिमान बनाएका प्याराग्लाइडिङ पाइलट सानोबाबु सुनुवारले युरोपेली महादेशमा पर्ने रसियाको सबैभन्दा अग्लो हिमाल माउन्ट एलब्रसको चुचुरोबाट  टेन्डम (दुई जना उड्ने) प्याराग्लाइडिङको सफल उडान गरेर नयाँ रेकर्ड बनाएको बारेमा पोखराबाट सन्तोष पोखरेलले नागरिक न्युज मा लेख्नु भएको छ । रिपोर्टिङको पुरा अंश हेर्नको लागि यहाँ क्लिक गर्नु होला ।

साथै सानोबाबु सुनुवार ज्युमा बेलायतमा बसोबास गरिरहेका सम्पुर्ण कोइंचहरुको प्रतिनिधित्व गर्ने संस्था किरात सुनुवार सेवा समाज बेलायतको तर्फबाट हार्दिक बधाई तथा आगामी दिनहरुमा पनि निरन्तर रुपमा लागिरहन हार्दिक शुभकामना ब्यक्त गर्दछ ।