Wednesday, 14 September 2016

९औ एनिभर्सरी सेलेब्रेस्सन प्रोग्राम

किरात सुनुवार सेवा समाज बेलायतको स्थापना भएको ९औ बर्ष पुरा भएको उपलक्ष्यमा स्याण्डहर्स्ट स्थित कम्युनिट हलमा बिगतमा जसरी नै बेलायतमा बसोबास गरिरहनु भएका सुनुवार बन्धुहरुको उपस्थितिमा २७ अगस्ट २०१६ शनिबारका दिन ९औ एनिभर्सरी सेलेब्रेस्सन प्रोग्राम सम्पन्न भयो । 

सिनियर मेम्बरद्वारा दियो प्रज्वलन गरि शुरुवात गरिएको उक्त कार्यक्रममा एनिभरसरी केक कटिङमा बर्तमान अध्यक्ष श्री यादब तुर्सुचा, पुर्ब अध्यक्ष श्री मोतीराज सुनुवार र सल्लाहकार रि.मेजर श्री बीर बहादुर सुनुवार ज्युहरु सहभागी हुनुभएको थियो । बिगतमा भन्दा केहि फरक ढंगबाट कार्यक्रम प्रस्तुती गर्नमा युवा समुहको प्रत्यक्ष संलग्नता रहेको उक्त कार्यक्रममा सुनुवार युवा कलाकारहरुले केहि नाच तथा गानाहरु प्रस्तुत गर्नु भएका थिए ।


उक्त कार्यक्रममा सुसेस युकेलाई बिशेष सहयोग पुराउनु हुने महानुभावहरुलाई ससम्मान कदर पत्र प्रदान गर्नुको साथै २०१६ मा बिभिन्न विश्वबिध्यालयहरुबाट बिभिन्न संकायमा स्नातक तथा स्नातकोत्तर तह उतिर्ण हुनु भएका बिद्यार्थीहरुलाई हार्दिक बधाई तथा अभिनन्दन ज्ञापन समेत गरिएको थियो ।