हार्दिक श्रद्धान्जली

हार्दिक श्रद्धान्जली
खिजीदेमबा गाउँपालिका फलाटे निवासी श्री निधिभक्त सुनुवार ज्युको धर्मपत्नी तथा यस समाजका पूर्बाध्यक्ष श्री मोतिराज सुनुवार ज्युको सासुआमा श्रीमती लाल माया सुनुवार ज्युको ८० बर्षको उमेरमा ३० डिसेम्बर २०१७ का दिन नेपालमा असामयिक निधन हुन गएकोले सुनुवार सेवा समाज युके स्वर्गिय आत्माको चीर शान्तीको कामना सहित हार्दिक श्रद्धान्जली तथा शोकाकुल सम्पुर्ण परिवार प्रती किरात सुनुवार सेवा समाज युके हार्दिक समबेदना प्रकट गर्दछ ।

AGM 2018 - JANUARY 20TH, SATURDAY

आदरणीय सम्पूर्ण सदस्य ज्युहरु

सेउ ।


उपरोक्त सम्बन्धमा यस समाजको एजिएम निम्न। मिति, समय र स्थानमा आयोजना गरिने जानकारी गराउदै यहाँहरु सम्पूर्णमा उपस्थितिको निमित्त हार्दिक विनम्र अनुरोध गरिएको छ ।


धन्यबाद ।


निम्न

मिति : २० जनवरी २०१८ शनिवार

समय : १० वजे देखि


एजेन्डा

वार्षिक प्रतिवेदन

विधान संशोधन (अनुमोदन) तथा कार्यन्वयन

सदस्यता - आजीवन

शैक्षिक कोष - वृहत छलफल

Saturday, 11 February 2017

'कोंइंच एजुकेसन फण्ड'को स्थापना

फार्नबोरो । नेपालका जेहेन्दार बिद्यार्थीहरुलाई उच्च शिक्षा आर्जन गर्ने अवसर प्रदान गर्नको निमित्त आर्थिक सहयोग जुटाउने उद्देश्यले शैक्षिक कोषको स्थापना गर्न श्री भक्तमान सुनुवार ज्युको संयोजकत्वमा गठन गरिएको प्रारम्भिक समितिका पदाधिकारीहरु श्री मोतिराज सुनुवार, श्री यादब सुनुवार, श्री जंग सुनुवार र श्री तेज सुनुवार ज्युहरु लगायत किरात सुनुवार सेवा समाज युके कार्यसमितिका पदाधिकारीहरुको आज मिति ११ फरबरी २०१७ शनिबार फार्नबोरोमा बसेको संयुक्त बैठकले आगामी दिनमा शिक्षाका लागि आर्थिक सहयोग जुटाउनको निमित्त आधिकारिक रुपमा 'कोंइंच एजुकेसन फण्ड'को स्थापना गरेको छ । कोंइंच एजेकेसन फण्डको समितिले आवश्यक नियमावली यथाशिघ्र प्रस्तुत गरि आफ्नो आवश्यक कामकारबाहीहरु सुचारु अगाडी बढाउनका लागि आवश्यक छलफल समेत भएको थियो । बैठकमा कार्यसमितिको तर्फबाट उपाध्यक्ष श्री जितेन्द्र सुनुवार, सचिब श्री प्रकाश सुनुवार, कोषाध्यक्ष श्री मनोज सुनुवार, सहकोषाध्यक्ष श्री गीतराज सुनुवारको समेत सहभागिता थियो ।

कोंइंच एजेकेसन फण्डका पदाधिकारीहरु बायाँबाट क्रमश:
श्री भक्तमान सुनुवार (संयोजक) , श्री यादब तुर्सुचा, श्री मोतिराज सुनुवार, श्री तेज सुनुवार, श्री जंग सुनुवार