बिगत सात महिना देखि रामेछाप जिल्ला रस्नालु गाबिस वडा नं ४ निबासी श्री टोपेन्द्र सुनुवार ज्युको दुबै किड्निमा समस्या देखिएको र वहाँको किड्नि उपचार गर्नको निमित थप आर्थिक सहयोगको लागी बिरामी स्वयंको श्रीमति शान्त सुनुवार ज्युले बिभिन्न सामाजिक संजाल मार्फत बिनम्र अपिल गरिरहेको ब्यहोरा हामी सबैलाई जानकारी हुन आएको छ । तसर्थ यस किरात सुनुवार सेवा समाज युकेले टोपेन्द्र सुनुवार ज्युको स्वास्थ्य उपचारार्थ युकेमा बसोबास गरिरहनु भएका कोइंच बन्धुहरुमा सहयोगको निमित्त आव्हान गरी संकलन गरिएको रकम आजै नेपालमा सुसेस अध्यक्ष श्री रणबिर सुनुवार र कोषाध्यक्ष श्रीमती शोभा सुनुवार ज्यु मार्फत रु २,९२,२४४.७८ टोपेन्द्र सुनुवार ज्युलाई हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य उपचारका लागी मानवताको नाताले सहयोग पुर्याउनु हुने सम्पुर्ण महान सहयोगकर्ताहरुलाई किरात सुसेस युके हार्दिक आभार प्रकट गर्दै टोपेन्द्र ज्युको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।