Saturday, 25 March 2017

श्याँदार पिदार ब्यवस्थापन मिटिङ

आज मिति २५ मार्च २०१७ का दिन अल्डरसोटमा यस समाजको अध्यक्ष श्री यादब सुनुवार ज्युको सभापतित्वमा बसेको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले संस्थाको बर्तमान गतिबिधीहरुको बारेमा र श्याँदार पिदार ब्यवस्थापनको बारेमा आवश्यक छलफल गरेको थियो । बैठकमा कार्यसमितिका सदस्यहरु लगायत उपस्थित सल्लाहकारहरु क्रमश: श्री बीर बहादुर सुनुवार, श्री बिजय मुखिया, श्री किसोर सुनुवार, श्री मुकुन्द सुनुवार, श्री छत्र सुनुवार ज्युले आफ्नो मन्तब्य प्रस्तुत गर्नु भएको थियो र श्याँदार पिदारको बारेमा श्री पदम सुनुवार ज्युले समेत थप जानकारी दिनु भएको भने श्री भक्तमान सुनुवार ज्युले कोंइंच एजुकेसन फण्डको उद्देश्य र महत्वको बारेमा थप प्रकाश पार्नु भएको थियो । छलफल कै क्रममा श्याँदार पिदारलाई प्रभाबकारी बनाउनमा कोंइंचहरुको सहभागिता बढाउन सकेमा अझ प्रभाबकारी हुने छ भनेर श्री ललित सुनुवार ज्युले बताउनु भएको थियो भने श्याँदार पिदारको असाइमेण्ट इन्स्ट्रकसन उपाध्यक्ष श्री जितेन्द्र सुनुवार ज्युले केहि दिनमा नै सम्बन्धित सबैलाई जानकारी गराउने छ । 

अन्त्यमा, आजको बैठकले निम्न मुताबिक केहि निर्णयहरु कार्यान्वयनको निमित्त सर्बसम्मतीबाट पारीत गरेको छ । (१) आगामी २७ मे'मा आयोजना गरिने श्याँदार पिदारलाई प्रभाबकारी ढंगबाट सम्पन्न गर्नको निमित्त कार्यसमितिले आवस्यक तयारी गर्ने । (२) युके अवस्थित चार किरातहरुको संयुक्त रुपमा गठित किरात कल्चर कलाकार समितीले यहि २९ अप्रिल २०१७ मा आयोजना गर्न गैरहेको किरात सांस्क्रितिक प्रस्तुती कार्यक्रममा यस संस्थाको पनि प्रत्यक्ष रुपमा सहभागीता रहने निर्णय गरेको छ । (३) गत ११ फरबरीमा खडा गरिएको कोंइंच एजुकेसन फण्डलाई संचालन गर्नको निमित्त बिद्यमान संयोजक समितिलाई संचालक समितिको रुपमा परिणत गरेको र सोहि संचालक समितिले फण्डको नियमावली तयार गरि अनुमोदनको लागि कार्यसमितिमा बुझाउन पर्ने निर्णय गरिएको छ । (४) हालै गठन भएको सुनुवार महिला समाजको सम्बन्धमा उक्त समाजलाई किसुसेस युकेको मातहतको उपसमिति रुपमा रहि काम गर्नको निमित्त थप आवश्यक पहल तथा परामर्श गरिने निर्णय समेत गरेको छ ।