हार्दिक श्रद्धान्जली

हार्दिक श्रद्धान्जली
खिजीदेमबा गाउँपालिका फलाटे निवासी श्री निधिभक्त सुनुवार ज्युको धर्मपत्नी तथा यस समाजका पूर्बाध्यक्ष श्री मोतिराज सुनुवार ज्युको सासुआमा श्रीमती लाल माया सुनुवार ज्युको ८० बर्षको उमेरमा ३० डिसेम्बर २०१७ का दिन नेपालमा असामयिक निधन हुन गएकोले सुनुवार सेवा समाज युके स्वर्गिय आत्माको चीर शान्तीको कामना सहित हार्दिक श्रद्धान्जली तथा शोकाकुल सम्पुर्ण परिवार प्रती किरात सुनुवार सेवा समाज युके हार्दिक समबेदना प्रकट गर्दछ ।

AGM 2018 - JANUARY 20TH, SATURDAY

आदरणीय सम्पूर्ण सदस्य ज्युहरु

सेउ ।


उपरोक्त सम्बन्धमा यस समाजको एजिएम निम्न। मिति, समय र स्थानमा आयोजना गरिने जानकारी गराउदै यहाँहरु सम्पूर्णमा उपस्थितिको निमित्त हार्दिक विनम्र अनुरोध गरिएको छ ।


धन्यबाद ।


निम्न

मिति : २० जनवरी २०१८ शनिवार

समय : १० वजे देखि


एजेन्डा

वार्षिक प्रतिवेदन

विधान संशोधन (अनुमोदन) तथा कार्यन्वयन

सदस्यता - आजीवन

शैक्षिक कोष - वृहत छलफल

Monday, 3 April 2017

माननिय सभासद श्री यज्ञराज सुनुवार ज्युको स्वागत

किरात सुनुवार सेवा समाज बेलायतले नेपालबाट सरकारी भ्रमणमा बेलायत आउनु भएका नेकपा (एमाले) केन्द्रिय सदस्य तथा ओखलढुंगा जिल्लाका माननिय सभासद श्री यज्ञराज सुनुवार ज्युको निमित्त हिंजो साँझ अल्डरसोटमा आयोजना गरिएको स्वागत तथा भेटघाट कार्यक्रममा किसुसेस युकेका कार्यसमिति पदाधिकारीहरु लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यकममा स्वागत मन्तब्य प्रकट गर्नु हुंदै अध्यक्ष श्री यादब तुर्सुचा ज्युले वहाँको राजनिति प्रतिको लगाब एवं योगदान प्रसंस्नीय रहेको बताउनु हुंदै आगामी दिनहरुमा समेत राजनितिक सफलता प्राप्त गरि मुलुक र जनताको निमित्त अनबरत रुपमा लागिरहनको निमित्त हार्दिक शुभकामना ब्यक्त गर्नु भएको थियो ।