Sunday, 30 April 2017

किरात सांस्कृतिक प्रस्तुती २०१७ सम्पन्न

बेलायत बसोबास गरिरहेका नेपालका आदिबासी जनजाती किरात समुदायका चार किरातहरु राई, लिम्बु, सुनुवार र याख्खाको संयुक्त आयोजनामा बेलायतमा प्रथम पटक 'किरात सांस्कृतिक प्रस्तुती २०१७' हिजो आसफोर्डमा सम्पन्न भएको छ ।  बेलायतमा रहेका ४ किरातका संस्थाहरु किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, किरात सुनुवार सेवा समाजकिरात याख्खा छुम्माको प्रत्यक्ष सहभागितामा 'किरात सांस्कृतिक कलाकार संयोजन समिति' गठन गरी उक्त कार्यक्रम संयुक्त रुपमा आयोजना गरिएको थियो ।

किराती कलाकारहरुको सामुहिक स्वरमा 'हामी किराती ...' बोलको गीत गाएर आरम्भ गरिएको उक्त कार्यक्रममा चारै किरातहरुले आआफ्नो परम्परागत सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने स्थानिय कलाकारहरुले आफ्नो नृत्य र गायन कला प्रस्तुत गरेका थिए । प्रस्तुती कै क्रममा केण्ट निवासी सुमी सुनुवार ज्युले 'चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा ..' बोलको गीत अत्यन्तै कलात्मक ढंगबाट प्रस्तुत गर्न सफल हुनु भएको थियो ।

किरात सुनुवार सेवा समाज युकेको तर्फबाट श्री मोतिराज सुनुवार, श्री चित्र सुनुवार र श्री मोहन सुनुवार ज्युहरुको नेतृत्वमा केण्टमा बसोबास गरिरहनु भएका सुनुवार साथिहरुले सांस्कृतिक नृत्य तथा गायन कला प्रस्तुत गर्नु भएको थियो । 

किरात संस्कृतिलाई उजागर तथा संरक्षण गर्नुका साथै किरात समुदाय माझ एकताको भावनाको बिकास गर्दै किरात कलाकारहरुको कला तथा दक्षतालाई प्रोमोसन तथा प्रोत्साहन गर्दै अगाडी बढ्नु नै कार्यक्रमको प्रमुख उद्देश्य थियो ।
किराँत सुनुवार सांस्कृतिक प्रस्तुती - अश्फोर्ड, केन्ट - २९ अप्रिल २०१७ 

कलाकारहरु:  दिल बहादुर सुनुवार, लाल बहादुर सुनुवार, तरुण सुनुवार, खडक सुनुवार, निर्मल सुनुवार, चित्र सुनुवार, सकुन सुनुवार, माडोना सुनुवार, कौसिला सुनुवार, उर्मिला सुनुवार