Wednesday, 12 July 2017

स्वास्थ्य उपचारको निमित्त सहयोग संकलन तथा हस्तान्तरण

आकस्मिक दुर्घटनामा परी मेजर हेड इण्ज्युरी हुन गई उपचारको निमित्त राष्ट्रीय ट्रव्मा सेन्टर काठमाण्डौंमा भर्ना गरिएको भएता पनि आर्थीक समस्याका कारण उपचार कार्य अघी बढाउन समस्यामा परिरहनु भएका खिचीदेम्वा गाउँपालिका निवासी श्री सुमन सुनुवार ज्युको उपचारार्थ हाल बेलायतको आस्फोर्ड निवासी यस समाजका सदस्य (सदस्यता नं ०५४९) श्री लाल सुनुवार ज्युद्वारा निजको उपचारार्थ आर्थीक सहयोग संकलन अभियान चलाउनु भै वहाँको उपचारको लागी आँशिक रुपमा भएपनी आर्थीक सहयोग पुर्याउने हेतुले  रु. २,१६,६२५.७६  संकलन गरी हस्तान्तरण गर्नु भएकोमा यस महान मानबिय एवं सामाजिक कार्यको उच्च कदर गर्दै श्री लाल सुनुवार ज्युलाई किरात सुनुवार सेवा समाज युके हार्दिक धन्यबाद ज्ञापन गर्दछ
आगामी दिनहरुमा समेत जायज सामाजिक अभियानको निमित्त किरात सुनुवार सेवा समाज युके सदैब सकारात्मक रहने जानकारी गराउँदै सम्पुर्ण सहयोगकर्ता साथिहरुमा समेत किरात सुनुवार सेवा समाज युके हार्दिक धन्यबाद ज्ञापन गर्दछ । साथै उपचार गरिरहनु भएको सुमन सुनुवार ज्युको समेत शिघ्रस्वास्थ्य लाभको कामना गर्दछ ।