हार्दिक श्रद्धान्जली

हार्दिक श्रद्धान्जली
खिजीदेमबा गाउँपालिका फलाटे निवासी श्री निधिभक्त सुनुवार ज्युको धर्मपत्नी तथा यस समाजका पूर्बाध्यक्ष श्री मोतिराज सुनुवार ज्युको सासुआमा श्रीमती लाल माया सुनुवार ज्युको ८० बर्षको उमेरमा ३० डिसेम्बर २०१७ का दिन नेपालमा असामयिक निधन हुन गएकोले सुनुवार सेवा समाज युके स्वर्गिय आत्माको चीर शान्तीको कामना सहित हार्दिक श्रद्धान्जली तथा शोकाकुल सम्पुर्ण परिवार प्रती किरात सुनुवार सेवा समाज युके हार्दिक समबेदना प्रकट गर्दछ ।

AGM 2018 - JANUARY 20TH, SATURDAY

आदरणीय सम्पूर्ण सदस्य ज्युहरु

सेउ ।


उपरोक्त सम्बन्धमा यस समाजको एजिएम निम्न। मिति, समय र स्थानमा आयोजना गरिने जानकारी गराउदै यहाँहरु सम्पूर्णमा उपस्थितिको निमित्त हार्दिक विनम्र अनुरोध गरिएको छ ।


धन्यबाद ।


निम्न

मिति : २० जनवरी २०१८ शनिवार

समय : १० वजे देखि


एजेन्डा

वार्षिक प्रतिवेदन

विधान संशोधन (अनुमोदन) तथा कार्यन्वयन

सदस्यता - आजीवन

शैक्षिक कोष - वृहत छलफल

Tuesday, 15 August 2017

१० औं एनिभरसरी कार्यक्रम सम्पन्न

गत शनिबार १२ अगस्टमा यस समाजले १० औं एनिभरसरी कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रमको आरम्भमा समाजका अध्यक्ष श्री यादब तुर्सुचा ज्युले १० बर्षसम्मका उपलब्धीहरुको बारेमा संक्षिप्त मन्तब्य सहित सहभागीहरुमा स्वागत गर्नुभएको थियो । यस बर्ष ग्र्याजुएट डिग्री हासिल गर्नु हुने बिद्यार्थी भाई बहिनीहरुमा बधाई दिने क्रममा यस समाजका सल्लाहकार श्री गोपाल सुनुवार ज्युले भबिष्यमा पनि निरन्तर शैक्षिक सफलता हासिल गर्दै जान हुनको निमित्त बिद्यार्थी भाइबहिनीहरुमा बधाई मन्तब्य राख्नु भएको थियो । युकेबाट प्रकाशित हुने सुनुवार भाषाको जर्नल 'तोष्येल्फू'का सम्पादक श्री होम दसुच ज्युलाई सुनुवार भाषालाई संरक्षण गर्नको निमित्त उल्लेख्य योगदान पुर्‍याउनु भएकोमा पुरुष तर्फ यस बर्षको सर्टिफिकेट अफ अनर प्रदान गरिएको थियो भने महिला तर्फ युवाहरुको प्रतिनिधित्व गर्दै बिभिन्न सांस्क्रितिक कार्यक्रमहरुमा सहभागी भै युवाहरुमा समेत जोसजाँगर थप गर्नमा मद्दत पुर्‍याउनु भएकोमा सुश्री सुमिरा सुनुवार ज्युलाई सर्टिफिकेट अफ अनर प्रदान गरि सम्मान गरिएको थियो ।

साथै श्री राकेश सुनुवार ज्यु जो गोर्खा एभरेस्ट एक्सपिडिसन २०१७ मा सहभागी भै सगरमाथाको चुचुरो सम्म सफल आरोहण गर्नु भएकोमा वहाँलाई बिशेष धन्यबाद तथा सर्टिफिकेट अफ अनर प्रदान गरि संस्थाले सम्मान गरेको थियो ।

सम्मान कार्यक्रम पश्च्यात समाजका अध्यक्ष लगायत सल्लाहकार ज्युहरुद्वारा सामुहिक रुपमा एनिभर्सरी केक कटिङ गरिएको थियो । दोश्रो चरणको प्रोग्राम अन्तरगत श्री किशोर सुनुवार ज्यु तथा सुमिरा सुनुवार ज्युले आफ्नो गायन कला प्रस्तुत गर्नु भएको थियो भने लण्डनबाट हाम्रा चेलीहरुले सांस्क्रितिक नाच प्रस्तुत गर्नु भएको थियो । सम्पुर्ण कलाकार साथिहरुमा संस्थाको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको थियो ।


थप तस्बिरहरु >>>