भूजी गुप्तेश्वर हाल उमाकुण्ड गाऊँपालिका ६, रामेछाप निवासी श्री याम बहादुर सुनुवारको २० बर्षिय सुपुत्री सुश्री रन्जना सुनुवार ज्युको भक्तपुर अस्पतालमा लामो समयदेखि स्वास्थ्य उपचार भइरहेकोमा वहाँलाई थप उपचार गर्न पर्ने भएकोले किरात सुनुवार सेवा समाज बेलायतको आव्हानमा बेलायतमा बसोबास गरिरहनु भएका कोइंचबन्धुहरुबाट आर्थिक सहयोग संकलन गरि संकलन हुन आएको रकम रू. २,९३,१९८.०० (रू. दुई लाख त्रियानव्वे हजार एक सय अन्ठानब्बे मात्र) आज मिति २०७४/०८/१२ गते मंगलवारका दिन सुनुवार सेवा समाज, केन्द्रीय समितिका सदस्य श्री किशोरकुमार सुनुवार ज्यू मार्फत सुश्री रन्जना सुनुवार ज्युलाई हस्तान्तरण गरिएको ब्यहोरा जानकारी गरिएको छ ।
बेलायतबासी सम्पूर्ण सहयोगी हातहरूमा संस्थाको तर्फबाट हार्दिक धन्यबाद दिंदै रन्जना ज्युको शीघ्रातिशीघ्र स्वास्थ्यलाभ लाभको कामना गर्दछ ।