गत २० जनवरी २०१८ शनिबारका दिन यस समाजको एजिएम कार्यसमिति पदाधिकारीहरु, सल्लाहकार ज्युहरु लगायत सदस्यहरुको उपस्थितिमा स्याण्डहर्स्टमा सम्पन्न भएको थियो । एजिएमले अध्यक्ष श्री यादब तुर्सुचा ज्युले प्रस्तुत गर्नु भएको समाजको बार्षिक प्रतिबेदन र कोषाध्यक्ष श्री मनोज सुनुवार ज्युले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन पास गरेको थियो ।
समाजको संशोधित बिधानलाई एजिएम समक्ष अनुमोदनको लागि प्रस्ताब गरिएकोमा सर्बसम्मतले पास गरेको र संशोधित बिधान मुताबिक आगामी २०१९ को जनवरीमा अधिबेसन सम्पन्न गर्ने तय गरेको छ । यस्तै गरि यस समाजले स्थापना गरेको सुनुवार एजुकेसन फण्डको बारेमा श्री तेज सुनुवार ज्युले थप कार्यपत्र प्रस्तुत गर्दै फण्डलाई प्रभाबकारी ढंगबाट अगाडी लानको लागि सम्पुर्ण कोइंचहरु हातेमालो गरेर अधिबढ्न सके सकारात्मक परिणाम आउनेमा विश्वस्त हुन सबैलाई अपिल गर्नु भएको थियो ।