आदिम कालदेखि नै प्रकृती र पितृको सम्मान गर्दै बार्षिक रुपमा सुनुवार जातिले मनाउँदै आएको श्याँदार पिदार किरात सुनुवार सेवा समाज युकेको आयोजनमा सम्पुर्ण बेलायतबासी कोइंच सदस्यहरुको उपस्थितिमा हर्सोल्लाषका साथमा फार्नबोरोमा ६ तारिख मे, शनिबारका दिन सम्पन्न भएको छ । श्याँदार पिदारमा प्रयोग हुने ढोल झ्याम्प्टाको तालतर्तिबलाई कलात्मक ढंगबाट प्रस्त्तुत गर्नुहुने महानुभावहरु तथा सिल प्रस्तुत गर्नु हुने आत्मीय दाजुभाई तथा दिदिबहिनीहरु, पिदारमा संलग्न हुनुहुने सम्पुर्ण अग्रज दाजुहरुमा साथै कार्यक्रमको ब्यवस्थापन पक्षलाई सबल बनाउनमा बिभिन्न रोलमा खटीई आफ्नो जिम्मेवारी पुरा गर्नु हुने सम्पुर्ण भोलेण्टियरहरुमा समाजको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गरिएको छ।
 |
थान परिक्रम |
समाजको निमन्त्रणामा बेलायत अवस्थित जातिय संस्थाहरु किराया, याक्थुङ चुम्लुङ, मगर संघ, शेर्पा असोसिएसन, तामाङ सोसाइटी अफ युके लगायत ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष ज्युहरुको उपस्थिती रहेकोमा नेपाली राज
दूताबासबाट महामहिम राजदूत डा. दुर्गा ब. सुबेदी ज्युले प्रमुख अतिथीको रुपमा उपस्थिती दिनु भएको थियो
।
 |
अथितिहरु तथा ढोल टिमसंगको सामूहिक तस्विर |
नेपालीको संस्कृतिलाई जोगाई राख्न यसप्रकारको परम्परागत सांस्कृतिक पर्बहरुको आयोजना नियमित रुपमा आयोजना गर्न सफल भएमा भाबी सन्ततीहरुले समेत सिक्ने र बुझ्ने अवसर पाउनुको साथै आफ्नो सांस्कृतिक पहिचान जिवन्त रहने बिश्वास लिन सकिन्छ भनेर प्रमुख
अतिथी महामहिम
राजदूत ज्यूले शुभकामना सन्देश मन्तब्य प्रकट गर्नु भयो
।
 |
नांशोत्व |