Wednesday, 26 December 2018

सम्पुर्ण सुनुवार सदस्य ज्युहरु, 

रामेछाप कुबुकास्थली एकांङ्ग स्थायी घर भई हाल फार्नबोरोमा सपरिवार बसोबास गर्दै आउनु भएकी श्री होम दसुच ज्युको अत्यन्तै सहयोगी तथा सदैभ केहि नयाँ नौलो गरौं भन्ने जोस जाँगर राख्नु हुने ममतामयी जीवनसाथी श्रीमती पबित्रा सुनुवार ज्युको फृम्ली पार्क हस्पिटलमा केहि समयदेखी उपचार भइरहेकोमा यही कृष्टमस इभ डिसेम्बर २४ तारिख सोमबार साँझ अस्पतालको शैय्यामा अल्पायूमा नै असामयिक देहान्त हुन पुगेको अत्यन्तै दुखद घडीमा हामी सम्पुर्ण बेलायतबासी सुनुवारबन्धुहरु अत्यन्तै मर्माहत अनि स्तब्ध भएका छौं । वहाँको दिवाङगत आत्माको चीरशान्तिको कामना गर्दै भाबपुर्ण श्रदान्जली तथा शोक सन्तप्त परिवारका सम्पुर्ण सदस्यहरु लगायत आफन्तजनहरुमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्नका लागी सम्पुर्ण बेलायतबासी सुनुवारबन्धुहरुको तर्फबाट किरात सुनुवार सेवा समाज युके हार्दिक समवेदना समेत प्रकट गर्दछ ।

अन्त्यमा, स्वर्गिय पबित्रा सुनुवार ज्यु प्रती पुन: भावपुर्ण श्रद्धान्जली समर्पण ।

प्रार्थी,

अध्यक्ष
यादब तुर्सुचा
तथा 
किरात सुनुवार सेवा समाज युके परिवार