शनिबार ६ अप्रिल २०१९, लण्डन । किरात सुनुवार सेवा समाज बेलायतको छैटौं अधिबेसन ६ अप्रिल शनिबार लण्डनमा सम्पन्न भएको छ । अधिबेसनले अध्यक्ष श्री यादब तुर्सुचा ज्युद्वारा बिगत तीन बर्षको अवधीमा संस्थाको गतिबिधीको बारेमा प्रस्तुत गर्नु भएको रिपोर्ट अनुमोदन गरेको थियो । संस्थाले पारित गरेका बिभिन्न निर्णयहरु लगायत सुनुवार एजुकेसन फण्ड आधिकारिक रुपमा स्थापना गरी आवश्यक कामकारबाही अघी बढिरहेको बारेमा सचिव श्री प्रकाश सुनुवार ज्युको प्रस्तुती र कोषाध्यक्ष श्री मनोज सुनुवार ज्यु द्वारा प्रस्तुत गरिएका आर्थिक प्रतिबेदन सर्बसम्मतीले पारित गरिएको थियो भने पोपर्टी कोअर्डिनेटर श्री तेज सुनुवार ज्युद्वारा मौजुदा प्रोपर्टीको हिसाबकिताब प्रस्तुत गर्नु भएको थियो ।
बरिष्ठ सल्लाहकार श्री बीर बहादुर सुनुवार लगायत संस्थापक अध्यक्ष/सल्लाकार श्री बिजय मुखिया ज्युले संस्थाको स्थापनाकाल देखी अहिले सम्ममा यस समाजले भोगिरहेका उतारचाढवहरुको बारेमा प्रकाश पार्दै संस्थालाई बलियो बनाउनका लागी कार्यसमितिको बिशेष अनि महत्वपुर्ण भूमिका रहने कुरोलाई नकार्न सकिन्न भन्दै कार्यसमिती सृजनसिल हुनुको साथसाथै समाजका सम्पुर्ण सदस्यहरु प्रती उत्तरदायी भएर काम गर्न सकेमा भबिष्यमा संस्थाले अझ ठुलो सफलता हासिल गर्दै जानेमा बिश्वासत रहन सकिन्छ भनेर आफ्ना मन्तब्व प्रकट गर्नु भएको थियो । यस समाजका सल्लाहकार/पूर्व अध्यक्ष श्री मोतिराज सुनुवार ज्यु, सल्लाहकार श्री मुकुन्द सुनुवार ज्यु, सल्लाहकार श्री गोपाल सुनुवार ज्यु, सल्लाहकार श्री मोहन सुनुवार ज्युहरुले पनि आगामी दिनहरुमा समाजले गर्न पर्ने महत्वपुर्ण कामहरुलाई प्राथमिकिकरण गरेर सफलताका साथ सम्पन्न गर्नको लागी "संधै अनि सबै" एकजुठ भएर अगाडी जानु पर्ने बिषयमा जोड दिनु पर्छ भनेर आफ्नो मन्तब्य प्रस्तुत गर्नु भएको थियो ।
![]() |
थप तस्विरहरु >>> |