किराँत सुनुवार सेवा समाज बेलायातले आफ्नु स्थापनाकाल २००७ साल देखि बार्षिक रुपमा मनाउदै आएको आफ्नु मौलिक परम्परागत सांस्कृतिक पर्व 'शाँदार पिदार' गत दुई वर्ष (२०२०-२०२१) संसार भरी फैलिएको COVID-19 महामारीका कारण सम्पन्न गर्न सकेको थिएन। बेलायतमा महामारी बिरुद्ध केहि सहजता आए संगै यस बर्ष (२०२२) को 'शाँदार पिदार' गत मिति २१ मे २०२२, फार्नबोरो स्थित स्यामूल कोड़ी कमुनिटी हलमा पुन: नयाँ जागरुग हर्षोल्लास र जीवित खुशियालीका साथ मनाएका छन्।
अथितिहरुसंगको सामुहिक तस्बिर |
मुख्य कार्यक्रमको शुरुवात ढोल टिमको भाले र पोथी टिमको रोचक घम्साघम्सी प्रदर्शन पछि थान परिक्रम गरि पूजा थानमा पुजारी (नासो), अध्यक्ष र अन्य जान्नेबुझ्ने व्यक्तित्वहरुबाट प्रकृति र पितृहरुको पूजा गरिएको थियो। कार्यक्रमको मध्यम समयमा विभिन्न किसिमको ढोल झेम्टाको तालमा सामुहिक नाच (सिल) हरु गरि मनोरंजन गरेका थिए।अन्तयमा सुरो भित्राउने क्रममा ढोल टिमहरुबाट थान परिक्रमा र पुजारी टिम बाट पुन पूजा गरि सगुन तथा प्रसाद ग्रहण गरिएको थियो।
कार्यक्रमको प्रारंभिक संचालन सचिब गितराज सुनुवारले गर्नु भएको थियो भने शाँदार, पिदार, सिल प्रस्तुतिहरुको घटनाक्रम अनुसारको वर्णन होम किराँत सुनुवारले गर्नु भएको थियो। टिकेटिंग, सदस्यता कोषाध्यक्ष इन्द्र सुनुवारको टिमले गर्नु भएको थियो भने, ड्रिंक्स बार ललित सुनुवारको टिमले बेच्नु भएको थियो। खानाको व्यवस्थापन हिम्मत राई संग गरिएको थियो ।
थप तस्बिरहरु >>> |
कार्यक्रमको अन्त्यमा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक तेज सुनुवार बाट कार्यसमितिहरु, सल्लाहकारहरु, सहयोगीहरु तथा सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिदै अर्को बर्ष भेट्ने बाचाका साथ कार्यक्रमको समापन गर्नु भएको थियो।